×
साउदीमा डेब्यु खेलमै रोनाल्डोमाथि प्रतिबन्ध !



स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अहिले साउदी अरेबियाको क्लब अल–नासरबाट खेल्न पाउने छैनन् ।

उनलाई बिहीबार (५ जनवरी) मा अल-नासरबाट डेब्यु गर्न प्रतिबन्ध लगाइएको छ। विश्वकप जित्ने उनको सपना चकनाचुर भएको केही सातापछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो युरोपेली फुटबल क्लब म्यानचेस्टर युनाइटेड छाडेर साउदी अरेबियाको अल–नासरमा प्रवेश गरेका थिए ।

क्रिष्टियानो रोनाल्डोविरुद्ध फिफा नियम उल्लंघन गरेको भन्दै कारबाही गरिएको हो । खेलका क्रममा एक युवकको फोन तोडेर दुर्व्यवहार गरेको आरोप उनीमाथि छ । फुटबलर क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियाको क्लब अल नासरबाट खेल्न प्रतिबन्ध लगाइएको छ । २८ हजार टिकट बिक्री गरे पनि उनले अहिले यो क्लबबाट खेल्ने छैनन् ।

रोनाल्डोले अब साउदी प्रो लिगमा दुई खेलको प्रतिबन्ध भोग्नुपर्नेछ र अल–ताई र अल–शबाबविरुद्धको अर्को दुई खेलबाट बाहिर बस्नुपर्नेछ।यसका बाबजुद पनि रोनाल्डो अल–नासरमा सामेल भएकोमा मध्यपूर्वका देशहरूमा ठूलो उत्साह देखिएको छ।

गत वर्ष अप्रिलमा एभर्टनसँग म्यानचेस्टर युनाइटेडको १–० ले पराजित भएपछि उनको व्यवहारका कारण उनलाई प्रतिबन्ध लगाइएको थियो । रोनाल्डोले ज्याकोब हार्डिङको हातमा प्रहार गरेका थिए । सो क्रममा युवकको फोन पनि फुटेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस