NICD88 1032 -21 GLBSL 1600.4 -29.6 GHL 218.5 -1.1 NMB50 10.3 0.05 CHDC 1684 -35.9 CLI 634 -4.9 SPDL 310 5 BNHC 466.9 0.7 SIGS2 10.05 0 DLBS 1374 30 BHPL 655.1 -12.7 NBF3 9.04 0.17 SBID83 1098 8.7 BPCL 449 -7 ALBSL 1040 -4 NMLBBL 769 -11 SHL 512 -4.5 RBCL 17071 -109 USHEC 523 -7 SICL 832 0 SMPDA 910 -1 PPL 461 -2.5 JOSHI 305 -6.8 NBBD2085 1100 0 HLI 472 -4 SCB 691.1 3.6 BGWT 934.9 -21.1 PCBL 292 -2 SEF 9.51 -0.24 BBC 4255 50 TAMOR 482.9 -2.1 TVCL 461 1 NABBC 631 -12 NIL 912 8 SHEL 242.9 -4.7 SBLD84 1040 19.3 SWMF 812 -13 LICN 1995.9 -27.1 NABIL 594 3 CCBD88 1123.1 6.1
×
भाइरल बाघ बनाउने कालिगड भन्छन्: १५-२० लाख दिए साँच्चिकैको बाघ बनाईदिन्थे , जम्मा २५ हजार मात्र पाए



अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकोसुर्खेत वीरेन्द्रनगर नगरपालिकाको भैरव सामुदायिक वनमा रहेको बाघको मूर्ति सीताराम डिम्डुङले बनाएका हुन् ।

“मैले २५ हजार पारिश्रमिक लिएर बनाएको बाघको मूर्ति त्यति नराम्रो पनि त छैन। अलि मोटो भएर मात्र त्यस्तो लाग्या होला। पन्ध्र २० लाख ज्याला पाएको भए मैले बोल्ने साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ,” उनि भन्छन्।

डिम्डुङको मूर्तिकलामा १५ वर्ष अनुभव रहेको उनी बताउँछन्। आफुले अरु राम्रो मुर्ति हरु बनाउदा चर्चा नभएको भन्दै उनले दुखेसो पोखेका छन। यो बाघको मूर्ति सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको भैरव सामुदायिक वनमा रहेको छ।

उक्त मूर्ति बनाउन ५० हजार लागेको बताइएको छ। भैरव सामुदायिक वनका अध्यक्ष एवं वीरेन्द्रनगर नगरपालिका–४ का वडा सदस्य अम्मरबहादुर कार्कीले सामाजिक सञ्जालमा बाघको मूर्तिलाई मात्रै भाइरल बनाइएकोमा दुखेसो पोखेका छन्। अध्यक्ष कार्कीले सम्बन्धित निकायलाई नसोधेर नै जथाभाबी रूपमा गलत सूचना सम्प्रेषण गरेको भन्दै आक्रोश पोखे । ‘१३ लाख भनेर भाइरल गराइयो, त्यत्रो रकमले त यहाँ पार्कको स्तोरन्नतिमा ठुलो टेवा पुग्थ्यो नि,’ उनले भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस