×
कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट सम्पन्न , तपाईलाई पर्यो कि ?



कालिन्चोक दर्शन लिमिटेडले पहिलो चरणमा मंसिर १४ गतेदेखि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ पुस २० गते बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्सालमा बाँडफाँट भएको हो।

कम्पनीको आईपीओमा १५ हजार ४११ जना स्थानीयले आवेदन दिएका थिए भने ६ हजार २५९ जना वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिएका थिए।

१२ हजार स्थानीय र ६ हजार २५९ जना वैदेशिक रोजगारीमा गएका नेपालीले १० कित्ताको दरले सेयर हात पारेका छन् भने वैदेशिक रोजगारीमा गएका तर्फ बाँकी रहेको ४५ हजार ४१० कित्ता शेयर २० कित्तादेखि १ हजार कित्तासम्म आवेदन गर्ने मध्य गोलाप्रथाबाट ४ हजार ५४१ जना आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँट गरिएको छ।

कम्पनीले गत मङ्सिर १४ गतेदेखि २८ गतेसम्म आईपीओ जारी गरेको थियो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस