PRIN 968 4 SLBSL 1398.4 21.4 NBF2 9.15 -0.05 HBLD83 1056.3 0.3 MSLB 1564 -70 NIMB 241.9 -9.1 SINDU 667 -6 CHDC 1684 -35.9 CLI 634 -4.9 MATRI 1405 -8 RAWA 889 29 HDL 1423.1 49.1 PPCL 262 -5.2 SFMF 10.2 -0.2 SFEF 9.29 0.22 RMF2 9.21 -0.13 SMATA 875 -16 JBBL 351 -3.1 SAMAJ 3321.1 1.1 AHL 651 2 SBLD84 1040 19.3 SMB 1809 4 GCIL 498 -5.8 NICFC 8.97 -0.33 SFCL 704.1 63.6 KSBBLD87 1093.4 18.4 NICBF 9.3 -0.08 BHPL 655.1 -12.7 SGHC 393.6 0.1 NIBLGF 9.1 0.38 IGI 600 -4 SLCF 9.21 -0.1 NICLBSL 705.5 -7.5 BNT 14350 -50 BNHC 466.9 0.7 JFL 655 6 DLBS 1374 30 PROFL 655 7 SONA 473.2 -7.8 ULBSL 3199 37
×
विद्यालयमा शिक्षकको माग गर्ने विद्यार्थीलाई नगरप्रमुख महत्तोले विद्यालयबाट निकालिदिए।



लोकतन्त्रमा नागरिक अधिकारको माग गर्नु र राज्यले यस्ता अधिकारको ग्यारेण्टी गर्नु दायित्व नै हो ।

अझ बालबालिका र विद्यार्थीका माग, अधिकार पूरा गर्नु राज्यको पहिलो कर्तव्य पनि हो । तर, गौशाला नगरपालिकाका नगर प्रमुख दिपेन्द्र महतोले भने यि अधिकार रक्षा र मागविरुद्ध धावा बोलेका छन् ।

गौशालास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा शैक्षिक सत्र सुरु भएदेखि नै शिक्षक अभावको अवस्था छ । शिक्षक नहुँदा यहाँ नियमित पठनपाठन समेत हुन सकेको छैन । यही कारण विद्यार्थीहरूले शिक्षक अभावको समस्या समाधान गर्न उनीसँग माग गरेका थिए । यही क्रममा विद्यार्थीले प्रर्दशन गरिरहेका थिए । तर नगरप्रमुख महतोले उनीहरूलाई धरपकड मात्रै गरेनन प्रदर्शनमा सम्लग्न विद्यार्थीलाई सामूहिक निष्कासन नै गरिदिए ।

विद्यार्थीको माग सम्बोधन गर्नुको सट्टा उनीहरूलाई विद्यालयबाटै निष्कासन गर्नुलाई अभिभावकहरूले नगरप्रमुख महतोको निरकुशताको आरोप लगाएका छन् ।
विद्यार्थीहरूले गौशाला–औरही सडकखण्डमा पर्ने विद्यालयको गेट अगाडि आइतबार चक्काजाम गरेर प्रदर्शन गरेका थिए । ‘अन्तिम परीक्षा आउनै लाग्यो तर शिक्षक नहुँदा पढाइ नै भएको छैन ।’ कक्षा ८ मा अध्यनरत सरिता महतोले भनिन् ।

शिक्षक अभावकै कारण पठनपाठन नभएपछि आफूहरू आन्दोलित भएको उनीहरूले बताएका छन् । ‘सम्बन्धित पक्षले बारम्बार झूठो आश्वासन मात्रै देखाएपछि बाध्य भएर आन्दोलन गर्नु प¥यो । हाम्रो भविष्यमाथि खेलबाड गरे ।’ एक विद्यार्थीले भने, ‘जसरी पनि शिक्षकको पदपूर्ति गराएर पढाइ हुनु पर्ने हाम्रो माग हो ।’

प्रधानाध्यापक शुभकरण यादवका अनुसार नगरप्रमुख महतोको निर्देशनमा विद्यालयका कक्षा ९ र १० मा विद्यार्थीहरूलाई एक साताका लागि निष्काशन गरिएको बताए ।
आन्दोलन साम्य भएपछि विद्यालय आएका नगरप्रमुख महतोले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र यादवलगायत पदाधिकारीलाई तुरुन्त निष्कासन गर्न मौखिक आदेश दिएको प्रधानाध्यापक यादवले जानकारी दिए ।

यता, शिक्षाविद्हरूले महतोको निर्णयप्रति आपत्ति जनाएका छन् । महतोको कदम पुर्णरुपमा पूर्वाग्राही र निरङकुशताको पराकाष्ठा भएको उनीहरूको भनाइ छ ।
मानवअधिकारवादीहरूले पनि महतोको कदम गलत भएको निष्कर्ष निकालेका छन् । अधिकारवादी अजय साहले महतोले विद्यायार्थीको अधिकार मात्र हैन लोकतन्त्रको नै उपहास गरेको आरोप लगाए ।

नगरप्रमुखले भने विद्यार्थीहरुले अनुशासन तोडेको हुनाले एक साताको लागि निष्कासन गरेर कारवाही गरेको बताए । विद्यार्थीहरूले शिक्षक अभावमा पढ्न नपाइरहेको गुनासो बढिरहेको बेला सोही विद्यालयमा दुई दिन अगाडि भोजभतेर समेत भएको पाइएको छ ।

सेवा निवृत्त शिक्षकहरूको समूह गठन गर्ने नाममा शनिवार विद्यालय परिसरमा भोजभतेर गरेर फोहोर बनाए स्थानीयको आरोप छ । विद्यालय जस्तो ठाउँमा महतोकै निर्देशनमा भोजभतेर भएको स्थानीयवासी बताउँछन् ।

received 557654093040847.jpeg विद्यालयमा शिक्षकको माग गर्ने विद्यार्थीलाई नगरप्रमुख महत्तोले विद्यालयबाट निकालिदिए।

विद्यालय परिसरमा भोजभतेर

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस