×
Lagani
Lagani Shiksha gif
टुकुचाको सुरुङ पुरातात्विक सम्पदा रहेको निष्कर्य , महानगरले भत्काउन नपाउने !



काठमाडौं महानगरपालिकाले टुकुचालाई भूमिगत गर्न बनाइएको संरचना भत्काउन नपाउने भएको छ ।

महानगरले केहि समय अघि भत्काएको संरचना  पुरातत्व विभागले गरेको अध्ययनमा टुकुचाको भूमिगत सुरुङ पुरातात्विक सम्पदा भएको पुष्टि भएकाले अब महानगरपालिकाले भत्काउन नपाउने भएको हो। ‘प्रतिवेदनले उक्त संरचनालाई राणाकालमा बनेको ठहर गरेको छ,’ पुरातत्वविद् भाष्कर ज्ञवालीले भने, ‘प्रतिवेदनले त्यसलाई संरक्षण गर्न सिफारिस पनि गरेको छ ।’

टुकुचा सुरुङमार्ग करिब १३० वर्षअघि नै वीर शम्शेरले बनाउन लगाएको कागजी प्रमाणहरु सार्वजनिक भइसकेका छन् । महानगरले टुकुचामाथिको सबै संरचना हटाउने भन्दै डोजर चलाएपछि घरजग्गा भएका २१ जनाले पुनरावेदन अदालतमा मुद्दा दायर गरेका छन् । अदालतले अन्तरिम आदेश दिंदै महानगरलाई डोजर चलाउन रोक लगाएको छ ।

प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सरकारको स्वीकृतिविना प्राचीन स्मारकका सम्पदालाई भत्काउने, हटाउने, परिवर्तन गर्ने विरुप गर्ने जस्ता काम गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

महानगरले टुकुचामाथिको सबै संरचना हटाउने भन्दै डोजर चलाएपछि घरजग्गा भएका २१ जनाले पुनरावेदन अदालतमा मुद्दा दायर गरेका छन् । अदालतले अन्तरिम आदेश दिंदै महानगरलाई डोजर चलाउन रोक लगाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस