×
एचआईडिसीएलले दुईपटक नबिकेको संस्थापक शेयर पुन बिक्रीमा ल्याउदै।



हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी २० भदौबाट सवा २ करोड बढी कित्ता सेयर बिक्रीमा ल्याउने भएको छ ।

कम्पनीले कुल २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउन लागेको हो । यसअघि कम्पनीले दुईपटक संस्थापक समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको थियो । दुवैपटक बिक्री हुन नसकेको सेयर फेरि कम्पनीले लिलामीमा राख्न लागेको थियाे ।

यो लिलामी सेयरमा जोकोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयका साथै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सक्नेछन् । बोलपत्र आउँदो ४ असोजमा बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस