×
एचआईडीसीएलको २ करोड ७८ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला



हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले आज साउन १५ गतेबाट कुल २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर पुनः लिलामी बिक्री खुला गरेको छ ।

यसअघि असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामी गर्दा ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिकेको थियो । त्यसबेला बिक्री नभएको सेयर अहिले पुनः लिलामी बिक्री खुला गरेको हो ।

यस लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआइडीसीएलले जनाएको छ । बोलपत्र पेस गर्ने म्याद साउन २९ गतेसम्म तोकिएको छ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ ।

यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिनेछ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम १०० कित्तादेखि  अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस