×
Lagani
Lagani Shiksha gif
नयाँ टीएमएस ल्याउन मिल्ने गरि सेयर कारोबार विनियमावली आइतबारदेखि लागू हुने।



नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) थप गरी स्वीकृत गरेको सेयर कारोबार विनियमावली आइतबारदेखि लागू हुने भएको  छ ।

बोर्डले पठाएको विनियमावली नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले स्वीकृत गरी लागू गर्ने निर्णय गरेको हो । नेप्सेको सञ्चालक समितिको गत साताको बैठकले स्वीकृत गरेको उक्त विनियमावली लागू भएपछि ब्रोकर आफैले टीएमएस बनाउन सक्ने भएका छन् ।

Lagani Shiksha gif
sharehubapk नयाँ टीएमएस ल्याउन मिल्ने गरि सेयर कारोबार विनियमावली आइतबारदेखि लागू हुने।

नेप्सेले धितोपत्र बजारको कारोबार व्यवस्थापन प्राणली, तथ्यांक प्रयोग लगायत विषयलाई समेटेर धितोपत्र कारोबार विनियमावली २०७५ लाई संसोधनको मस्यौदा धितोपत्र बोर्डमा पठाएको थियो । सो मस्यौदामा बोर्डले आवश्यक संशोधन गरेर स्वीकृत गरेपछि नेप्सेले लागू गरेको हो ।

विनियमावलीको परिच्छेद २ पछि २ ‘क’ थप गरेर धितोपत्र बजारमा प्रयोग हुने प्रविधिको सम्बन्धमा व्यवस्था थप गरिएको छ । विनियमावली अनुसार कारोबार व्यवस्थापन प्रणाली एक स्टक एक्सचेन्ज र १० वटा कारोबार सदस्यले प्रयोग गरिराखेकोलाई हुनु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस