×
Lagani
Lagani Shiksha gif
८ हजार ६ सय सम्म कमाउने गरि आजदेखि कारोबारमा आउदै नेष्डो समृद्ध लघुवित्तकाे शेयर।



नेष्डो समृद्ध लघुवित्तकाे शेयर आजदेखि कारोबारमा आउने  भएको छ।

कम्पनिको आईपीओ हिजो नेप्सेमा सुचिकृत भएको हो । नेप्सेले कम्पनीको ओपनिङ्ग रेञ्ज रु २६०.८४ देखि रु ७८२.५२  तोकेको  छ। यदि कम्पनीको पहिलो कारोबार ७८२। ५२ मा भयो भने १० प्रतिसत बढेर कम्पनीको शेयर मूल्य ८ सय ६० सम्म पुग्ने सम्भावना रहेको छ।

Lagani Shiksha gif
sharehubapk ८ हजार ६ सय सम्म कमाउने गरि आजदेखि कारोबारमा आउदै नेष्डो समृद्ध लघुवित्तकाे शेयर।

 

Screenshot 2022 03 09 200906 ८ हजार ६ सय सम्म कमाउने गरि आजदेखि कारोबारमा आउदै नेष्डो समृद्ध लघुवित्तकाे शेयर।

कम्पनीको प्राकासित विवरण पत्र

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको  हो। लघुवित्तले निष्काशन गरेको को कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो ।

कुल २५ लाख २७ हजार १ सय १ जना आवेदक मध्ये २५ लाख २२ हजार ९ सय ५५ योग्य आवेदक रहेकोमा ७७ हजार ४ सय ५३ जना आवेदकले १० कित्ताको दरले शेयर हात पारेका छन् भने २४ लाख ४५ हजार ४ सय ९९ जना आवेदकको हात खाली भएको छ। त्यस्तै ३ जना आवेदकले ११ कित्ताको दरले शेयर प्राप्त गरेका छन्।

सर्वसाधारणको लागि बाँकी रहेको  ७ लाख ७४ हजार ५६३ कित्ता सुरक्षित गरिएको थियो  । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस