×
Lagani
Lagani Shiksha gif
ब्रोकर नम्बर ११ लाई बोर्डले गर्यो कारबाही , यस्तो छ कारण।



नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले ब्रोकर नम्बर ११ अर्थात मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग क. प्रा. लि लाई कारबाही गरेको छ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग क. प्रा. लि लाई धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (२) को खण्ड (ठ) विपरित कार्य गरेको देखिएकोले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम रु ७५००० (पचहत्तर हजार) जरिवाना गरेको छ ।

Lagani Shiksha gif
sharehubapk ब्रोकर नम्बर ११ लाई बोर्डले गर्यो कारबाही , यस्तो छ कारण।

कारोबारमा आफु खुशि व्याज असुल उपर गरेको कारण ब्रोकरलाई कारबाही गरेको बोर्डले जनाको छ।

धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (१) को “ग्राहकको लागि धितोपत्रको कारोबार गर्न कारोबार सदस्यले धितोपत्र व्यवसायी ( धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता ) नियमावली, २०६४ बमोजिमको ग्राहक पहिचान प्राप्त गरी ग्राहकसंग कारोबार सम्झौता गर्नु पर्नेछ” व्यवस्था र सोही विनियमको उपविनियम (२) को “उपविनियम (१) बमोजिमको सम्झौतामा समावेश गर्नुपर्ने विषयहरुमा अन्य व्यवस्थाहरुको अतिरिक्त खण्ड (ठ) मा कारोवार सदस्य र लगानीकर्ता बिचमा लिन दिन बाँकी रकमबाट सृजित दायित्व वा प्रतिफल सम्बन्धी विषय पनि उल्लेख हुनुपर्ने” व्यवस्था विपरित सम्झौता नगरी आफु खुशि १३ प्रतिशत देखि १८ प्रतिशत सम्म व्याज असुल उपर गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई सो जरिवाना गरिएको हो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस