×
Lagani
Lagani Shiksha gif
शिखर इन्स्योरेन्सको हकप्रद आजदेखि विक्री खुला , मेरोशेयर देखि आवेदन दिन सकिने।



शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले ३० प्रतिशत अर्थात  हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। कम्पनीले  आजदेखि रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

Lagani Shiksha gif
sharehubapk शिखर इन्स्योरेन्सको हकप्रद आजदेखि विक्री खुला , मेरोशेयर देखि आवेदन दिन सकिने।

उक्त हकप्रद शेयरमा लगानीकर्ताले चैत २१ गतेसम्म आवेनद दिन सक्नेछन् । हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनिले माघ २१ गते शेयर बुकक्लोज गरेको थियो। जसअनुसार माघ २० गतेसम्म  कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले  इक्राएनपी आइआर ए रेटिङ प्रदान गरेको छ । जसले  कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको देखाउँछ । हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्तापूँजी  २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ पुग्नेछ।

लगानीकर्ताले हकप्रद शेयरमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत चैत २१ गतेसम्म आवेदन दिन पाउनेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस