×
Lagani
Lagani Shiksha gif
डाटा सेन्टरमा समस्या देखिएपछि बन्द भएको सेयर कारोबार खुल्ने नखुल्नेमा अझै अन्योल



ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि रोकिएको सेयर कारोबार खुल्ने वा नखुल्ने भन्ने अन्यौल कायमै रहेको छ ।

केहि समय अघि देखि नै विभिन्न ब्रोकरहरुको टिएमएसमा समस्या देखिएको थियो । नप्सेले सूचना जारी गर्दै ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या आएको कारण समस्या समाधान नहुँदासम्म केहि समय कारोबार रोकिने जनाएको थियो ।

Lagani Shiksha gif
sharehubapk डाटा सेन्टरमा समस्या देखिएपछि बन्द भएको सेयर कारोबार खुल्ने नखुल्नेमा अझै अन्योल

आज बिहान ११ : ५३ मा टिएमएसमा समस्या देखिएपछि रोकिएको शेयर कारोबार खुल्ने वा नखुल्ने अन्योलता कायमै छ । स्रोतका अनुसार अनुसार टिएमएसमा देखिएको समस्या समाधान उन्मुख अवस्थामा पुगेको छ ।

कतिपय ब्रोकरको सिस्टम अन भएतापनि केही ब्रोकरको सिस्टम अझै अन नभएकोले अन भएपछि कारोबार के गर्ने भन्ने बिषयमा छलफल गर्ने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बताए । आज ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि जम्मा १ घन्टा ५३ मिनट मात्रै कारोबार भएको छ ।

Screenshot 2022 03 14 150338 डाटा सेन्टरमा समस्या देखिएपछि बन्द भएको सेयर कारोबार खुल्ने नखुल्नेमा अझै अन्योल

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस