×
डाटा सेन्टरमा समस्या देखिएपछि बन्द भएको सेयर कारोबार खुल्ने नखुल्नेमा अझै अन्योल



ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि रोकिएको सेयर कारोबार खुल्ने वा नखुल्ने भन्ने अन्यौल कायमै रहेको छ ।

केहि समय अघि देखि नै विभिन्न ब्रोकरहरुको टिएमएसमा समस्या देखिएको थियो । नप्सेले सूचना जारी गर्दै ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या आएको कारण समस्या समाधान नहुँदासम्म केहि समय कारोबार रोकिने जनाएको थियो ।

आज बिहान ११ : ५३ मा टिएमएसमा समस्या देखिएपछि रोकिएको शेयर कारोबार खुल्ने वा नखुल्ने अन्योलता कायमै छ । स्रोतका अनुसार अनुसार टिएमएसमा देखिएको समस्या समाधान उन्मुख अवस्थामा पुगेको छ ।

कतिपय ब्रोकरको सिस्टम अन भएतापनि केही ब्रोकरको सिस्टम अझै अन नभएकोले अन भएपछि कारोबार के गर्ने भन्ने बिषयमा छलफल गर्ने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बताए । आज ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि जम्मा १ घन्टा ५३ मिनट मात्रै कारोबार भएको छ ।

Screenshot 2022 03 14 150338 डाटा सेन्टरमा समस्या देखिएपछि बन्द भएको सेयर कारोबार खुल्ने नखुल्नेमा अझै अन्योल

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस