इड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीे (एचआइडिसीएल) को लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन आज रहेको छ ।
कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री नभएको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर असोज ७ गतेदेखि लिलामीमा ल्याएको हो । सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख गरेर कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता गरि कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलामीमा ल्याएको हो ।
आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम मूल्य रू. १००मा संस्थापकको तर्फको न्यूनतम १ करोड कित्ता र सर्वसाधारण तर्फको न्यूनतम १०० कित्ताका लागि आवेदन दिनसक्ने छन्। उक्त शेयर बिक्रि गर्न विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
आवेदकले ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी , महेन्द्रनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन् ।
















