मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता भएको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले दुई चरणमा आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा आयोना प्रभावित स्थानीय र दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता भएको आईपीओ निष्कासन गर्न लागेको हो। कुल कित्तामध्ये कम्पनीले ८ लाख २ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ।
आईपीओ निष्कासनका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले एक समारोहका बीच हस्ताक्षर गरेका हुन् ।
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ७ मेगावाट क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट मिति २०७४ चैत १२ गतेदेखि ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । कम्पनीको ११औं बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी बृद्धि गरी १ अर्ब र जारी पुँजी बृद्धि गरी ८० करोड पच्चीस लाख कायम गर्ने निर्णय गरेको थियो। उक्त निर्णय पश्चात शेयर संरचना अन्तर्गत जारी पुँजीमा ५६ प्रतिशत संस्थापक शेयर र ४४ प्रतिशत सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पुँजी कायम हुनेछ ।
यो आईपीओ छिटै निष्कासन हुने कम्पनीले जनाएको छ।
यो पनि पढ्नुहोस
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेले दशौं वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्तले २०७७ चैत्र १८ गते बुधबार (तदनुसार ३१ मार्च, २०२१) बिहान ११:०० बजे पञ्चकन्या वैन्क्बेट प्रालि., वनेपा-5, वनेपावजार, काभ्रेपलान्चोक मा दशौं वार्षिक साधारण सभा बोलाएको हो।उक्त साधारण सभामा लघुवित्तले आ.व. २०७६ ०७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ। लेखापरीक्षकको आ.व २०७६ ०७४ को लेखापरीक्षण प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आथिक वर्ष २०७६ ०७७ को नाफा नोक्सान हिसाव तथा नगद प्रबाह विवरण लगायत लेखा सम्बन्धि नीतिहरु सहित सम्बन्धित अनुसूचीहरु माथी छलफल गरी पारित गर्ने जनाएको छ ।
दशौं बार्षिक साधारण सभा बोनश शेयर प्रयोजनका लागि मिति २०७७/१२ /०८ गतेदेखि २०७७/१२/१८ गतेसम्म शेयरधनी दर्ता किताव बन्द रहने कम्पनीले बताएको छ। शेयर धनीले साधारण सभामा भाग लिन आउँदा आफनो परिचय खुल्ने कुनै परिचय-पत्र अनिवार्य रुपमा लिई आउनु पर्नेछ ।
साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आ.व. २०७६ ०७७ का मुनाफावाट चुक्ता पुँजी रु. ३९,३६१, ४४,१४१.५० को आधारमा 9.४८ २९ ४३६३७ प्रतिशतले हुने नगद लाभांस रु. १९,१३,१६५ – ( वोनस शेयरको कर प्रयोजनका लागि प्रदान गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै लघुवित्तले आथिंक वर्ष २०७७ ०७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्वमिक निर्धारण गर्ने भएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक बर्ष २०७६.०७७ को मुनाफाबाट चुक्ता पूँजी रु.३९,६१,४६,६४१.५० ( उनान्चालिस करोड एकसद्ठी लाख छ्यालिस हजार छ सय एकचालिस पैसा पचास मात्र ) को ९.१९९८३४४००२११६२ % ले बोनस शेयर रु. ३,६४,४४,५३५ ( तिन करोड चौसट्टी लाख चबालिस हजार आठ सय पैतिस मात्र) वितरण गर्न स्वीकृत प्रदान गर्ने तथा यसरी प्रदान गरिने वोनस शेयर भिन्न अंकमा आएमा भिन्न अंकलाई विगतको भिन्न अंकमा जोडी पूर्ण अंकमा बोनस शेयर जारी गर्ने तथा बाँकी रहेको भिन्न अंकलाई पछि पूर्ण अंक पुगेपछि दिनेगरी छुट्टै राख्ने वा नियमानुसार अन्य उपयुक्त व्यवस्था हुने गरी पारित गर्ने भएको छ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने क्रममा स्वेडा लघुवित्त वित्तीय संस्था लि. का तत्कालीन संस्थापक शेयरधनीहरुले राखेको कल्स इन एडभान्स रकमलाई संस्थापक शेयरधनीको चुक्ता पूँजीमा समायोजन गर्न र स्वेडा लघुवित्तलाई प्राप्ती पश्चात संस्थापक शेयर र सर्वसाधारण शेयरपूजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफ.पि.ओ शेयर निष्काशन गर्ने सम्बन्धमा छलफल गर्ने जनाएको छ ।













