×
Lagani
Lagani Shiksha gif
धवल शमशेरले दिए नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन



काठमाडौं, २९ साउन ।  धवल शम्शेर राणाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

 

Lagani Shiksha gif
sharehubapk धवल शमशेरले दिए नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

राप्रपा महामन्त्री परित्याग गरेर दुर्गा प्रसाईसँग अलग्गै पार्टी बनाउने तयार गरे पनि आज उनी एक्लैको नेतृत्वमा नयाँ पार्टी दर्ता गराउन निर्वाचन आयोगमा पुगेको हुन ।

राणाले नयाँ पार्टीको नाम ‘जय नेपाल पार्टी’ राखिएको छ भने पार्टीको चुनाव चिह्न ‘त्रिभुज’ माग गरेका छन । साथै, पार्टीको झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिने उनले आयोगलाई जानकारी दिएका छन् ।

 

आयोगमा बुझाएको निवेदन अनुसार नयाँ पार्टीमा तत्कालका लागि ७९ जना केन्द्रीय सदस्य रहनेछन। नयाँ पार्टीका सचिवालय प्रमुख सगुनसुन्दर लावतीका अनुसार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र भने केही दिनमा दिने जनाएको छ ।छ।

 

दुई महिना अघि राप्रपाका पूर्वमहामन्त्री राणासहित १८३ जना नेताहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको असन्तुष्टि व्यक्त गर्दै राप्रपा छाडेर दुर्गा प्रसाईसँग सहकार्य गर्ने योजना बनाएका थिए । तर, पार्टी दर्ता गर्नु केही दिन अघि प्रसाईसँग असहमति भए पछि राणा एक्लै आज निर्वाचन आयोग पुगेका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस