×
Lagani
Lagani Shiksha gif
गौर भन्सारको सफलता, लक्ष्य उछिन्दै ४७ करोड बराबर राजश्व संकलन



सञ्जय मिश्रा

रौतहट, २ साउन। रौतहटस्थित जिल्ला भन्सार कार्यालय गौरले आर्थिक वर्ष २०८२/८३ मा राजस्व संकलनदेखि चोरी निकासी तथा पैठारी नियन्त्रणसम्म उल्लेखनीय सफलता हासिल गरेको छ। कार्यालयले निर्धारित लक्ष्यलाई उल्लेखनीय रूपमा उछिन्दै रु ४६ करोड ९९ लाख राजस्व संकलन गरेको छ।

Lagani Shiksha gif
sharehubapk गौर भन्सारको सफलता, लक्ष्य उछिन्दै ४७ करोड बराबर राजश्व संकलन

कार्यालयका प्रमुख विकासकुमार रजकका अनुसार गत आर्थिक वर्षका लागि रु ३३ करोड २९ लाख राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो। तर प्रभावकारी अनुगमन, राजस्व चुहावट नियन्त्रण, आयात कारोबारमा वृद्धि र सेवा प्रवाहमा सुधारका कारण लक्ष्यभन्दा रु १३ करोड ७० लाख बढी अर्थात् ४१.१४ प्रतिशत अतिरिक्त राजस्व संकलन गर्न सफल भएको उनले बताए।

मासिक विवरणअनुसार साउनमा २ करोड ७७ लाख, भदौमा  २ करोड ४७ लाख, असोजमा  २ करोड २८ लाख, कात्तिकमा र २ करोड २६ लाख, मङ्सिरमा  ४ करोड ३७ लाख, पुसमा र ५ करोड ६२ लाख, माघमा  ३ करोड ३६ लाख, फागुनमा  २ करोड ७९ लाख, चैतमा  ४ करोड ७३ लाख, वैशाखमा  ५ करोड २३ लाख, जेठमा  ५ करोड २१ लाख र असारमा  ५ करोड ९४ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

राजस्व संकलनसँगै सीमाक्षेत्रमा हुने चोरी निकासी तथा पैठारी नियन्त्रणमा पनि गौर भन्सारले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कार्यालयका अनुसार भन्सार गस्ती टोलीले आर्थिक वर्षभरि  ११ लाख २६ हजार ६९४ बराबरका २२ वटा मुद्दा दर्ता गरेको छ।

यस्तै, सशस्त्र प्रहरी बल, नेपालले ४ करोड ५ लाख १९ हजार ११० बराबरका ४८१ वटा तथा नेपाल प्रहरीले  ५ करोड ५५ लाख १८ हजार १०६ बराबरका १५१ वटा चोरी निकासी तथा पैठारीसम्बन्धी मुद्दा दर्ता गराएको जनाएको छ।

कार्यालयले जफत गरिएका अवैध मालवस्तु तथा सवारी साधनको व्यवस्थापनबाट समेत उल्लेखनीय आम्दानी गरेको छ। कार्यालयका अनुसार  १ करोड ६९ हजार ६७४ बराबरका मालवस्तु र  १ करोड ३३ लाख १४ हजार ९७५ बराबरका सवारी साधन लिलाम बिक्री गरी थप राजस्व संकलन गरिएको छ।

प्रमुख रजकले सीमाक्षेत्रमा निगरानी सुदृढ बनाउनु, सुरक्षा निकायसँगको समन्वय प्रभावकारी हुनु तथा राजस्व चुहावट नियन्त्रणमा अपनाइएका रणनीतिका कारण यो उपलब्धि सम्भव भएको बताए।

गौर भन्सार कार्यालयले हासिल गरेको यो नतिजा राजस्व संकलन र अवैध व्यापार नियन्त्रण दुवै क्षेत्रमा उदाहरणीय उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस