×
Lagani
Lagani Shiksha gif
उपत्यकामा बढी भएको गोलभेँडा बाहिर पठाइदै



कृषि, वन तथा पर्यावरण मन्त्रालयले सरोकारवाला निकाय, व्यवसायी तथा किसान प्रतिनिधिहरूसँग छलफल गरी बजार व्यवस्थापनका लागि आवश्यक पहल गरिरहेको बताएको छ ।

तत्काल टमाटर किसानले मूल्य पाउने गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी उपत्यकामा बढी उत्पादन भएको गोलभेँडालाई अन्य बजारमा पठाउने प्रक्रिया अघि बढाएको बताइएको हो ।

Lagani Shiksha gif
sharehubapk उपत्यकामा बढी भएको गोलभेँडा बाहिर पठाइदै

कालीमाटी अन्र्तगत ११ वटा संघीय कृषि बजारसँग समन्वय गरी उपत्यका बाहिर गोलभेँडा निकासी सुरु गरिनुका साथै, कालीमाटी बजार र उपत्यकाका अन्य उत्पादन केन्द्रबाट बाहिर पठाइएको गोलभेँडाको तथ्याङ्क संकलन, अनुगमन तथा सहजीकरणको काम पनि अघि बढाइएको छ ।

प्राप्त विवरणअनुसार २०८३ असार ३१ गते कालीमाटी बजारबाट करिब २१.५५ टन र उपत्यकाका अन्य कृषि फर्मबाट करिब १५.१० टन गरी जम्मा ३६.६५ टन सानो गोलभेँडा उपत्यका बाहिर पठाइएको छ । त्यसैगरी २०८३ असार ३२ गते कालीमाटी बजार तथा अन्य कृषि फर्मबाट थप १४ टन सानो (टनेल) गोलभेँडा उपत्यका बाहिरका बजारमा निकासी भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस