×
Lagani
Lagani Shiksha gif
एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा



काठमाडौं, १७ असार । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १५७ सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको कारबाहीबाट राज्यकोषमा २१ लाख ४० हजार ५४६ रुपैयाँ राजस्व संकलन भएको छ।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०१ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १०५ जना तथा तीव्र गतिमा सवारी चलाउने ११७ जनालाई कारबाही गरिएको छ।

Lagani Shiksha gif
sharehubapk एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा

यस्तै, लेन अनुशासन पालना नगर्ने ७७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६१ जना, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने २२ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ५४ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

यसका अतिरिक्त विभिन्न प्रकारका ट्राफिक नियम उल्लंघन गर्ने अन्य एक हजार ५३८ सवारी चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा सडक सुरक्षालाई थप सुदृढ बनाउन अनुगमन र कारबाहीलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस