×
Lagani
Lagani Shiksha gif
महुली लघु्वित्त वित्तीय संस्थाले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?



महुली लघुवित्त वित्तीय संस्थाले लाभांश प्रताव पारित गर्न २४ पुसमा नौऔँ वार्षिक साधारणसभा बोलाएको छ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय अग्निसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २६ प्रतिशत बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव छ ।  गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल हुनेछ ।

कुनै वित्तीय संस्थाहरू गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने तथा प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतको एजेन्डा छ ।

साधारणसभा प्रयोजनार्थ संस्थाल १२ पुसमा बुक क्लोज गर्दै छ । यसअनुसार ११ पुससम्म नेप्सेमा कायम भई कारोबार गरेका सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस