×
Lagani
Lagani Shiksha gif
अर्थमन्त्री डा. वाग्लेले प्रश्न सोध्ने विपक्षी सांसदहरुलाई धम्की दिएको बर्षामान पुनको आरोप



नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद बर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद र संसदीय समितिमा प्रश्न सोध्ने विपक्षी धाकधम्की दिएको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले बजेट बारेको जवाफ दिने क्रममा र संसदीय समितिमा अर्थमन्त्री डा. वाग्लेले विपक्षी दलका सांसदहरुलाई धम्काएको आरोप लगाएका हुन् ।

Lagani Shiksha gif
sharehubapk अर्थमन्त्री डा. वाग्लेले प्रश्न सोध्ने विपक्षी सांसदहरुलाई धम्की दिएको बर्षामान पुनको आरोप

उनले भने, ‘सबै सांसदहरुले उठाएका विषयहरु आरोप हुँदैनन्, कति जिज्ञासा हुन्छन्, कति प्रश्न हुन्छन्, कति स्पष्टिकरणका कुराहरु हुन्छन् । कार्यपालिका व्यवस्थापिकाप्रति जवाफदेही हुनुपर्छ ।’

सांसद पुनले अर्थमन्त्री वाग्लेले सात वटा करका दरहरु हेरफेर गरें भनेर खुलमखुल्ला स्वीकार गरेको र विगतमा धेरै भएको थियो अहिले थोरै भएको छ भनेर उम्किन नपाउने बताउदै यसको संसदीय छानबिन हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस