×
Lagani
Lagani Shiksha gif
प्रतिनिधि सभाको बैठकमा अवरोध जारी राख्ने अडानमा विपक्षी दल



विपक्षी दलहरुले प्रतिनिधि सभाको बैठकमा अवरोध जारी राख्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपश्चात एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले संसद्मा आएर जवाफ नदिएसम्म विपक्षी दलले संसद अवरोध गर्ने जानकारी गराएका हुन् ।

Lagani Shiksha gif
sharehubapk प्रतिनिधि सभाको बैठकमा अवरोध जारी राख्ने अडानमा विपक्षी दल

उनले गम्भीर विषयमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रघाती अभिव्यक्ति दिएकाले संसदका गतिविधि अगाडि बढ्न नसक्ने बैठकमा जानकारी गराएको बताए। उहाँहरुले हामी दलमा र प्रधानमन्त्रीसँग छलफल गरेर अगाडि बढ्ने जानकारी गराएको उनको भनाई छ।

सभापति लामिछानेले बैठकमा भारत भ्रमणका बारे ब्रिफिङ गरेका थिए भने समसामयिक राजनीतिका विषयमा छलफल गरेका थिए । संसदमा जारी गतिरोध अन्त्यका लागि समेत छलफल भएको थियो । बैठकमा लामिछानेले आवश्यक परे सदनमा आफूले सम्बोधन गर्ने र परराष्ट्रमन्त्रीले समेत विषय स्पष्ट गर्ने प्रस्ताव राखेपनि विपक्षी दलहरुले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति र प्रतिनिधि सभाको नियमावली पारितको विषयलाई लिएर अवरुद्ध भइरहेको छ । जसका कारण बजेटमाथि छलफल प्रारम्भ नगरी झण्डै एकहप्ता बैठक स्थगित गरिएको थियो । विपक्षीले प्रधानमन्त्री स्वयं उपस्थित भएर अभिव्यक्ति बारे स्पष्ट गर्न र माफी माग्नुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस