×
Lagani
Lagani Shiksha gif
नेपाल र भारत द्विपक्षीय वार्तामा के के विषयमा भयो सहमति ?



नेपाल र भारतबीच कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित परराष्ट्रमन्त्री शिशिर खनालले भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग नयाँ दिल्लीमा द्विपक्षीय वार्ता गरेका छन् ।

शनिबार भएको भेटवार्तामा दुवै मन्त्रीबीच नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षमा विस्तृत र सकारात्मक छलफल भएको जनाइएको छ । छलफलमा व्यापार तथा आर्थिक सहकार्य, सीमापार सम्पर्क विस्तार, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा खेलकुदसहित जनस्तरको सम्बन्ध प्रवर्द्धनका विषयहरू समेटिएका छन् ।

Lagani Shiksha gif
sharehubapk नेपाल र भारत द्विपक्षीय वार्तामा के के विषयमा भयो सहमति ?

दुवै पक्षले दुई छिमेकी देशबीच रहेको दीर्घकालीन सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्याएका छन् । बैठकमा हाल सञ्चालनमा रहेका विभिन्न द्विपक्षीय आयोजना र सहकार्य कार्यक्रमहरूको प्रगति समीक्षा गरिएको थियो । साथै, ती परियोजनाहरूलाई छिटो र प्रभावकारी रूपमा अघि बढाउने उपायबारे पनि विचार आदान–प्रदान भएको बताइएको छ । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा साझा चासोका विषयहरूमा पनि छलफल भएको र बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई अझ प्रभावकारी बनाउने सहमति भएको छ ।

दुवै मन्त्रीबीच बैठकका क्रममा केही महत्वपूर्ण संयुक्त घोषणा पनि भएका छन् । जसमा पहिलो, नेपाल क्लियरिङ हाउस र भारतको राष्ट्रिय भुक्तानी निगमबीच सन् २०२३ जुनमा भएको समझदारीअनुसार सीमा–पार व्यक्ति–व्यक्ति भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । दोस्रो, भारतको विकास सहयोगमा नेपालमा निर्माण गरिएका भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रका ७२ वटा र सांस्कृतिक क्षेत्रका १२ वटा परियोजनाहरू नेपाललाई हस्तान्तरण गरिएको छ।

तेस्रो, काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कूलअन्तर्गतको डिजिटल सार्वजनिक पूर्वाधार तथा कृत्रिम बुद्धिमत्ता केन्द्र र भारतको डिजिटल इन्डिया भाषिनी डिभिजनबीच समझदारी पत्र आदान–प्रदान गरिएको छ। यसअनुसार 'भ्वाइस फस्ट' भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार निर्माणमा सहकार्य गरिनेछ।

शुक्रबार भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री खनाल आज काठमाडौं फर्किने कार्यक्रम रहेको छ । उनले यस भ्रमणका क्रममा भारतीय प्रमुख सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस