×
Lagani
Lagani Shiksha gif
अमेरिकी डलरको मूल्यमा निरन्तर वृद्धिः नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा



काठमाडौं, ३० बैशाख । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार डलरको मूल्यमा लगातार तेस्रो दिन पनि वृद्धि देखिएको हो। केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा पुगेको छ।

डलरको यो उकालो यात्राले नेपाली अर्थतन्त्रमा आयातित मुद्रास्फीतिको जोखिम बढाएको छ। तथ्याङ्कलाई हेर्दा गत सोमबार डलरको बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा रहेकोमा मंगलबार बढेर १५२ रुपैयाँ ८० पैसा पुगेको थियो। आजको मूल्य सोमबारको तुलनामा झन्डै दुई रुपैयाँले महँगो हुन पुगेको छ। डलर बलियो हुँदा वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिट्यान्समा केही फाइदा देखिए पनि आयातमा निर्भर नेपालका लागि पेट्रोलियम पदार्थ, खाद्यान्न र इलेक्ट्रोनिक्स सामानको मूल्य वृद्धि भई उपभोक्तालाई प्रत्यक्ष भार पर्ने देखिन्छ।

Lagani Shiksha gif
sharehubapk अमेरिकी डलरको मूल्यमा निरन्तर वृद्धिः नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा

डलर सँगसँगै अन्य प्रमुख मुद्राहरूको भाउ पनि उच्च रहेको छ। आज युरोपियन युरोको बिक्रीदर १८० रुपैयाँ ०२ पैसा र युके पाउण्ड स्ट्रलिङको २०७ रुपैयाँ ५३ पैसा कायम गरिएको छ। त्यस्तै, खाडी मुलुकका मुद्रातर्फ कतारी रियालको बिक्रीदर ४२ रुपैयाँ ०६ पैसा र साउदी रियालको ४० रुपैयाँ ८६ पैसा तोकिएको छ। भारतीय रुपैयाँसँग भने नेपाली मुद्राको स्थिर विनिमय दर यथावत रहेको छ। राष्ट्र बैंकले यो दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक पर्न सक्ने जानकारी दिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस