CIZBD90 1081 1 PBD88 1102.1 2.1 SNMAPO 190 0 ILBS 980 -21.5 RBCL 17071 -109 SIKLES 707 -3 HLBSL 1010 -10 NBLD87 1020 -8 SFMF 10.2 -0.2 EHPL 840 7.9 HEI 648 -10 MEHL 380.1 -19.9 IHL 499 -1 JBLB 1534 -3 NLG 1317 2 NICLBSL 705.5 -7.5 MEL 292 2 NICSF 9.5 0.25 EBLD85 1105 5 NIBLSTF 8.68 0 BPCL 449 -7 NABIL 594 3 PRSF 9.54 -0.11 SHL 512 -4.5 PBLD87 1028 -2 SGIC 641.2 -4.8 SRBLD83 1065 -10 LEC 276.8 -6 SFCL 704.1 63.6 NBLD85 1025 0 SMATA 875 -16 LBBL 475 -4.8 ADBL 367 -11.1 PBD84 1065 1.7 NMB 263.9 -7.1 DHPL 242 1 GRDBL 743 5 SWBBL 1065 2.1 TPC 465 6 SPC 520 5
×


इन्दीप कोइराला, बारा

नेपालका विद्यमान राजनीतिक, आर्थिक तथा संरचनागत समस्याहरूको दीर्घकालीन समाधानका लागि प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहित सनातनी संवैधानिक राजसंस्था स्थापना गर्नुपर्ने माग गर्दै अनिश्चितकालीन आन्दोलनको घोषणा गरिएको छ।

आयोजक निर्देश सेढाईले जारी गरेको आह्वान अनुसार मुलुक हाल विश्वका धेरै राष्ट्रहरूजस्तै गम्भीर अनिश्चितता, भौगोलिक संवेदनशीलता र आन्तरिक अस्थिरताबीच आफ्नो अस्तित्व, अखण्डता र स्वाभिमान जोगाउन अदृश्य रूपमा अन्तिम लडाइँको आवश्यकता रहेको बताएका छन। उनले वर्तमान राज्य संरचनाले जनअपेक्षा पूरा गर्न नसकेको, आर्थिक बोझ बढाएको तथा प्रशासनिक जटिलता सिर्जना गरेको दाबी गरे।

निर्देशका अनुसार प्रादेशीय संरचनाले शासन प्रणालीलाई कमजोर बनाउँदै भ्रष्टाचार, दोहोरो प्रशासन र खर्चिलो व्यवस्थापनलाई बढावा दिएको छ। ‘देशलाई स्थायित्व, सुशासन र राष्ट्रिय एकताको मार्गमा अघि बढाउन प्रदेश संरचना खारेज गरी केन्द्रित र उत्तरदायी शासन प्रणाली आवश्यक छ,’ उनले भने।

उनले मुलुकको मौलिक पहिचान, ऐतिहासिक निरन्तरता र सांस्कृतिक सहअस्तित्वलाई संस्थागत गर्न हिन्दू, बौद्ध, किराँत, जैन, सिखलगायत सबै सनातनी मूल्य–मान्यता र आस्थालाई सापेक्ष रूपमा समेट्ने सनातनी संवैधानिक राजसंस्था स्थापना अपरिहार्य रहेको धारणा व्यक्त गरे। साथै प्रत्यक्ष रूपमा जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाले राजनीतिक स्थायित्व, स्पष्ट नेतृत्व र जवाफदेहिता सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार हालको परिस्थितिमा मुलुकलाई दीर्घकालीन संकटबाट मुक्त गराई नेपाललाई फेरि महान बनाउने लक्ष्यका साथ यो आन्दोलनलाई अन्तिम आन्दोलनको रूपमा अघि बढाइएको जानकारी दिए। आन्दोलन शान्तिपूर्ण रहने र संविधान, राष्ट्रियता तथा जनहितका पक्षमा केन्द्रित हुने जनाइएको छ। 

यसै सन्दर्भमा आगामी २०८२ साल पौष ३० गते बुधवार काठमाडौँको बालुवाटारमा दिउँसो १२ बजेदेखि अनिश्चितकालसम्म बालुवाटार घेराउ कार्यक्रम आयोजना गरिएको जानकारी आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी भई आफ्नो आवाज बुलन्द गर्न सम्पूर्ण देशभक्त नागरिक, विभिन्न सामाजिक संघ–संस्था, राष्ट्रवादी शक्ति तथा सरोकारवाला पक्षहरूलाई उपस्थितिका लागि समेत आयोजकले आह्वान गरेको छ।

आयोजक निर्देशले राष्ट्रको हित, पहिचान र भविष्य सुरक्षित गर्न सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिँदै शान्तिपूर्ण र अनुशासित सहभागितामार्फत आन्दोलनलाई सफल बनाउन आग्रह गरेका छन।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस