×
Lagani
Lagani Shiksha gif
विभागको अनुगमन तीब्र, ७ फर्मलाइ कागजातसहित उपस्थित हुन निर्देशन 



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलवार विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरेको छ। 

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन पाइएपछि विभागले सम्बन्धित व्यवसायीहरूलाई आवश्यक निर्देशन तथा कारबाही गरेको छ । अनुगमनका क्रममा एउटा फर्मको  बिक्री रोक्काको सहित ७ फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

Lagani Shiksha gif
sharehubapk विभागको अनुगमन तीब्र, ७ फर्मलाइ कागजातसहित उपस्थित हुन निर्देशन 

"स्वच्छ र प्रतिस्पर्धी बजार : उपभोक्ता संरक्षणको दिगो आधार" भन्ने नाराका साथ गरिएको अनुगमनका क्रममा  स्पार्क अटो केयर प्रा. लि. (काठमाडौं महानगरपालिका-८) बिक्री वितरण रोक्का गर्दै सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ६ वटा फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । गौरङ्ग सारीज प्रा. लि. (काठमाडौं महानगरपालिका-३१), सी.जी. मोटर्स प्रा. लि. (ललितपुर महानगरपालिका-०२), एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा. लि. (विराटनगर महानगरपालिका-०९), सिजन आई.टी. (काठमाडौं महानगरपालिका-२२), अर्बन गेअर्स (काठमाडौं महानगरपालिका-३१), गाभिनो फेशन वेयर (काठमाडौं महानगरपालिका-३१) लाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

भी.जी. अटोमोबाइल्स प्रा. लि. (काठमाडौं महानगरपालिका)को भने बिक्री वितरण फुकुवा गरिएको छ । 

विभागले उपभोक्ताको हक र हित संरक्षण गर्दै बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने उद्देश्यले निरन्तर अनुगमन तथा आवश्यक कारबाही गर्ने जनाएको छ। उपभोक्ता अधिकार सुनिश्चित गर्न व्यवसायहरूले कानुनी प्रावधानहरू पूर्ण रूपमा पालना गर्नुपर्ने विभागको भनाइ छ।

 विभागका अनुसार २० चैत देखि सबै सामग्रीहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरिएको छ । विभागका महानिर्देशक कुमार दहालले भने, `जोखेर वा नापेर विक्री गर्ने बाहेकका सबै सामग्रीमा एमआरपी अनिवार्य गरेका हौँ । जसले गर्दा स्वच्छ तथा पारदर्शी बजार हुनेछ, सानो सामग्री देखि ठुला गाडीहरूमा सम्म सबैमा एमआरपी उल्लेख हुनुपर्ने छ ।´

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको कडा निर्देशनमा विभागले उपभोक्ता ठगी हटाउन एक्सन लिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस