×
भैरहवामा १०औं राष्ट्रिय उद्योग दिवस मनाइयो



भैरहवा, १० मंसिर । भैरहवामा १०औं राष्ट्रिय उद्योग दिवस मनाइएको छ। 'उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि' नाराका साथ विशेष कार्यक्रम गरी दिवस मनाइएको हो।

उद्योग वानिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय उद्योगी–व्यवसायी, सरकारी अधिकारी र सरोकारवालाको उपस्थिति थियो।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख ईश्वरचन्द्र अर्यालको अध्यक्षता तथा उद्योग पर्यटन तथा यातायात मन्त्रालयका मन्त्री प्रचण्ड बिक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका लोककुमार कार्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अनुप हलवाई र नेपाल घरेलु तथा साना उद्योग माहासंघ लुम्बिनी प्रदेशका अध्यक्ष नेत्र प्रसाद पाठक द्वारा प्रतिवेदन प्रस्तुत गरिएको थियो।

यसैगरी, कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकाल, हेमा बेल्वासे केसी, जानकी न्यौपाने र  शाली लोधको विशिष्ठ आतिथ्यता रहेको थियो। रुपन्देही जिल्ला समन्वयका प्रमुख उमाकान्त चपाई, उद्योग पर्यटन तथा यातायात मन्त्रालयका नि. सचिव रमेश गौतम लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो।

कार्यक्रममा उद्योग वानिज्य माहासंघ लुम्बिनी प्रदेशकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले मन्तव्य राखेका थिए। यसैगरी उद्योग वाविज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका वरिष्ठ शाखा अधिकृत मोहन परियारको स्वागत मन्त्वय तथा लक्ष्मी दाहालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस