×
Lagani
Lagani Shiksha gif
वायुसेवा संचालक संघले भन्यो- असोज १६ गतेसम्म अपर लिमिटको टिकट बेच्दैनौं



काठमाडौँ । वायुसेवा संचालक संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिदै आएको अपर लिमिटको भाडादरमा टिकट नबेच्ने निर्णय गरेको छ ।

सडक सञ्जाल बिच्छेद भएपची हवाई कम्पनीहरुले टिकटको मुल्य बढाएको चौतर्फी आलोचना भएका बेला संघले अपर लिमिटमा टिकट नबेच्ने निर्णय गरेको अध्यक्ष मनोज कार्कीले जानकारी दिएका छन् ।

Lagani Shiksha gif
sharehubapk वायुसेवा संचालक संघले भन्यो- असोज १६ गतेसम्म अपर लिमिटको टिकट बेच्दैनौं

संघले भनेको छ – संघमा आवद्ध सबै वायुसेवा कम्पनीहरुले यस विपद्को घडिलाई मध्यनजर गर्दै मिति २०८१ असोज १४ गते सोमवार देखि मिति २०८१ असोज १६ गते बुधवारका दिनसम्म नेपाल सरकारले तोके बमोजिम लिदै आएको अपर लिमिटको भाडादरमा टिकट नवेच्ने निर्णय गरियो ।'

साथै संघले परल मुल्यमा हवाई इन्धन अविलम्ब उपलब्ध गराउन माग समेत गरेको छ । यसरी हवाई इन्धनको मुल्य घटाएको अवस्थामा हवाई यात्रामा लाग्दै आएको फ्युल सर्चार्ज स्वत घट्ने र यसको प्रत्यक्ष फाईदा यात्रु महानुभावहरुलाई हुने संघले बताएको छ ।

साथै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि वायुसेवा कम्पनीहरुलाई लगाउदै आएको ल्याण्डिङ, पार्किङ, नेभिगेसन, प्यासेन्जर सर्भिस चार्ज लगायत अन्य दस्तुरहरुमा छुट दिई यात्रुरुको हवाई यात्रा सहज र सुलभ बनाउनपर्ने माग गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस