×
१७ वर्षीय किशोरले पोखराबाट बस चोरेर चितवन पुर्याए।



पोखराबाट एक किशोरले बस चोरी गरेका छन्।

पोखरा-९ पृथ्वीचोकमा पार्किङ गरि राखिएको बस एक जना किशोरले चोरि गरेका हुन्। शुक्रबार ग१ख ९६३८ नम्बरको बस चोरेर लैजादै गर्दा प्रहरीले ती किशोरलाई चितवनबाट पक्राउ गरेको हो।

बस चोरी भएको सूचना पाएपछि प्रहरीले खोजी थालेकोमा चितवनस्थित भरतपुर ११ आँपटारी चेकपोष्टबाट बससहित तनहुँ म्याग्दे घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरिएको हो।

उनको परिचय प्रहरीले गोप्य राखेको छ। उनलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस