×
नेपालको सहज जित , अविनाशले लिए ६ विकेट।



चीनमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले दोस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको हो । नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९.४ ओभरमा १० विकेट गुमाउँदै ७४ रन मात्रै बनाउन सक्यो ।

माल्दिभ्सका लागि मुआवियाथ घनीले ३६ रन, रसिद रासमले १२ रन र फरीद शिउसले १० रन बनाए । अन्यले दोहोरो रन जोड्न सकेनन् । नेपालका लागि अविनाश बोहराले ६ विकेट लिए । सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोडेको थियो ।  नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले ४७ र कुशल भुर्तेलले ३५ रन बनाएको खेलमा माल्दिभ्सले फराकिलो चुनौती पाएको हो ।

यसो त ६७ रनमा ४ विकेट गुमाएको नेपालको खेललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेर २१३ रनको लक्ष्य दिएका हुन् ।

नेपालले पहिलो खेलमा मंगोलियालाई हराएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस