×
Lagani
Lagani Shiksha gif
आज घोडा जात्रा, सेयर बजार खुल्छ कि खुल्दैन ?



घोडा जात्राको दिन आज चैत ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो।  अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ। घोडा जात्राको मूल नाम पाहाँ चऱ्हे हो । पछिलो समय पाहाँ चऱ्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चऱ्हे भने चलन स्थापित हुन थालेको पनि छ।

Lagani Shiksha gif
sharehubapk आज घोडा जात्रा, सेयर बजार खुल्छ कि खुल्दैन ?

यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ। यही पाहा चऱ्हे नख मा पछि घोडा जात्रा थपेर घोडा जात्रा भन्न थालिएको हो ,यस पर्वको नाम पाहाँ चऱ्हे हो ! यो काठमाडौँको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो ।

यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइन्छ, त्यसमा पनि कुनै दिन एसियाकै ठूलो परेड मैदान भनिएर चिनिएको काठमाडौँको मुटुमा रहेको टुँडिखेलमा यसको आयोजना हुनु र देशको अति उच्च देखि साधारण नागरिक सम्मले हेर्नु यो जात्राको विशेषता हो । यो चाडका दिन टुँडिखेलमा नेपाली सेनाले घोडचढी कला प्रदर्शन गर्दछ। कुनै दिन काठमाडौँ बासीमा मात्र सीमित यो जात्रा अहिले राष्ट्रिय महत्त्व पाउन थालेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस