×
Lagani
Lagani Shiksha gif
एलिट क्यापिटलले पायो मर्चेन्ट बैंकरको लाइसेन्स



एलिट क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकरको लाइसेन्स पाएको छ ।

गत वर्ष स्थापना भएको एलिट क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चैत १ गते क्यापिटललाई मर्चेन्ट बैंकरको लाइसेन्स प्रदान गरेको हो । क्यापिटलको अध्यक्ष अध्यक्ष दिनेश आचार्य रहेका छन्। क्यापिटलले लगानी व्यवस्थापन, कर्पोरेट एडभाईजरी, अन्डरराईटिङ र डीपी खाता सञ्चालन सेवा प्रदान गर्नेछ। 

Lagani Shiksha gif
sharehubapk एलिट क्यापिटलले पायो मर्चेन्ट बैंकरको लाइसेन्स

वाणिज्य बैंकहरुको मर्जरका कारण पछिल्लो समय आधा दर्जन बढी मर्चेन्ट बैंकर घटिसकेको बेला सेयर बजारका चर्चित लगानीकर्ताहरुको पहलमा एलिट क्यापिटल सञ्चालनमा आएको छ। क्यापिटलको कुल चुक्तापूँजी रू. २२ करोड ५० लाख रहेको आचार्यले बताए।

आगामी साताभित्र औपचारिक रूपमा सेवा सुचारु गर्ने आचार्यले जनाएका छन्।    क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट उत्तरढोका, काठमाडौंस्थित मेट्रो पार्कमा रहने  आचार्यले बताए । एलिट क्यापिटल मर्चेन्ट बैंकरको रूपमा थपिएसँगै मर्चेन्ट बैंकरको संख्या ३१ पुगेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस