×
Lagani
Lagani Shiksha gif
मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट , यस्तो छ नतिजा हेर्ने तरिका।



मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।

कम्पनीले जारी पूँजी रू. ८० करोड २५ लाखको १० प्रतिशत अर्थात  रू.  ८ करोड २ लाख ५० हजार बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको थियो भने  २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि र १ लाख ३६ हजार ४२५ कित्ता सेयर निष्कासन गरेको थियो। उक्त आईपियो माघ २४ गते बाँडफाँट गरिएको हो।

Lagani Shiksha gif
sharehubapk मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट , यस्तो छ नतिजा हेर्ने तरिका।

कम्पनीले ओखलढुङ्गामा ७ मेगावाटको क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजना निर्माण गरेको छ । कम्पनीले २०७४ चैत १२ गतेदेखि उक्त आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ । यस आयोजनाको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रू. २० करोडभन्दा बढी छ भने आयोजनाको कुल अनुमानित लागत रू. १ अर्ब ४५ करोडभन्दा बढी छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको साइटमा जानुहोला।
२) साइटमा जान  यहा क्लिक गर्नुहोला।  
३) लिंक खोलेपछि नतिजा हेर्नको लागि कम्पनि छान्नुहोला।
४) त्यसपछि आफ्नो डिम्याट नम्बर हानेर नतिजा हेर्नु होला।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस