×
Lagani
Lagani Shiksha gif
सेती खोँचमा भेटियो ब्ल्याक बक्स , ४ जना अझै वेपत्ता।



दुर्घटना भएको यती एअरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ।

पोखराको सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्।

Lagani Shiksha gif
sharehubapk सेती खोँचमा भेटियो ब्ल्याक बक्स , ४ जना अझै वेपत्ता।

“ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो,” उनले भने। आइतवार काठमाण्डूबाट पोखरा पुगेको विमान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो। हालसम्म विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको बताइएको छ।

तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू खोजी तथा उद्धारकार्यमा खटेका छन्। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार उद्धारमा ८०० सुरक्षाकर्मी परिचालन गरिएको छ।

यद्यपि विमान दुर्घटना भएको ठाउँमा खोँच र नदी भएका कारण उद्धारमा कठिनाइ भएको छ। उनले हराइरहेका व्यक्तिको सङ्ख्या छ हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस