TVCL 461 1 ACLBSL 1035 0 MNBBL 395.8 -0.8 MLBL 398 -6.9 SBLD84 1040 19.3 HLI 472 -4 HRL 861 -4 TSHL 909 -11 NWCL 975 -13.9 NICA 452 -13 MFLD85 1050 -20 ILI 483.5 -2.5 SINDU 667 -6 PBD84 1065 1.7 LSL 253.5 -5.5 MKHL 493 -6 JOSHI 305 -6.8 JBLB 1534 -3 GBBLPO 205 0 EBL 605 5 MPFL 751 5 LLBS 1050 5 SMPDA 910 -1 BHDC 583 5.4 KPCL 493 -0.8 CIT 2195 0 EBLD86 1040 -2 SHL 512 -4.5 RBCL 17071 -109 SMJC 574 -6 UMRH 475 -1.9 HIDCLP 183 -2 GVL 538.5 -22 SPC 520 5 ENL 1102 -18 OHL 925 -9 GILB 1268.4 4.4 CORBL 958.8 -10.2 ULHC 390 -7.9 KDBY 9.21 -0.23
×
सेती खोँचमा भेटियो ब्ल्याक बक्स , ४ जना अझै वेपत्ता।



दुर्घटना भएको यती एअरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ।

पोखराको सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्।

“ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो,” उनले भने। आइतवार काठमाण्डूबाट पोखरा पुगेको विमान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो। हालसम्म विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको बताइएको छ।

तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू खोजी तथा उद्धारकार्यमा खटेका छन्। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार उद्धारमा ८०० सुरक्षाकर्मी परिचालन गरिएको छ।

यद्यपि विमान दुर्घटना भएको ठाउँमा खोँच र नदी भएका कारण उद्धारमा कठिनाइ भएको छ। उनले हराइरहेका व्यक्तिको सङ्ख्या छ हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस