×
Lagani
Lagani Shiksha gif
सगरमाथा जलविद्युतको आईपियो निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले माघ ५ गतेदेखि आईपियो निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा ११ लाख २० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३६ हजार ८ सय कित्ता सेयर निष्कासन गर्नेछ ।

Lagani Shiksha gif
sharehubapk सगरमाथा जलविद्युतको आईपियो निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?

आयोजना प्रभावितका लागि निष्कासन गरिने आईपीओमा ईलाम जिल्लाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताकालागि छिटोमा माघ १९ गतेसम्म र ढिलोमा फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि माघ १९ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन्।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले प्रभु बैंक र सेञ्चुरी बैंकको ईलाम शाखा, प्राइम बैंकको मंगलबारे र बिब्लाटे शाखा, आयोजना रहेको स्थान ईलाम नगरपालिका वडा–२ सुम्बेक, गंगतेबेसी साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन सम्बन्धी व्यवस्थाबाट समेत आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मेरो शेयर मार्फत आवेदन दिन सक्ने छन्।

इक्रा नेपालले यस कम्पनीलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस