×
Lagani
Lagani Shiksha gif
भाइरल बाघ बनाउने कालिगड भन्छन्: १५-२० लाख दिए साँच्चिकैको बाघ बनाईदिन्थे , जम्मा २५ हजार मात्र पाए



अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकोसुर्खेत वीरेन्द्रनगर नगरपालिकाको भैरव सामुदायिक वनमा रहेको बाघको मूर्ति सीताराम डिम्डुङले बनाएका हुन् ।

“मैले २५ हजार पारिश्रमिक लिएर बनाएको बाघको मूर्ति त्यति नराम्रो पनि त छैन। अलि मोटो भएर मात्र त्यस्तो लाग्या होला। पन्ध्र २० लाख ज्याला पाएको भए मैले बोल्ने साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ,” उनि भन्छन्।

Lagani Shiksha gif
sharehubapk भाइरल बाघ बनाउने कालिगड भन्छन्: १५-२० लाख दिए साँच्चिकैको बाघ बनाईदिन्थे , जम्मा २५ हजार मात्र पाए

डिम्डुङको मूर्तिकलामा १५ वर्ष अनुभव रहेको उनी बताउँछन्। आफुले अरु राम्रो मुर्ति हरु बनाउदा चर्चा नभएको भन्दै उनले दुखेसो पोखेका छन। यो बाघको मूर्ति सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको भैरव सामुदायिक वनमा रहेको छ।

उक्त मूर्ति बनाउन ५० हजार लागेको बताइएको छ। भैरव सामुदायिक वनका अध्यक्ष एवं वीरेन्द्रनगर नगरपालिका–४ का वडा सदस्य अम्मरबहादुर कार्कीले सामाजिक सञ्जालमा बाघको मूर्तिलाई मात्रै भाइरल बनाइएकोमा दुखेसो पोखेका छन्। अध्यक्ष कार्कीले सम्बन्धित निकायलाई नसोधेर नै जथाभाबी रूपमा गलत सूचना सम्प्रेषण गरेको भन्दै आक्रोश पोखे । ‘१३ लाख भनेर भाइरल गराइयो, त्यत्रो रकमले त यहाँ पार्कको स्तोरन्नतिमा ठुलो टेवा पुग्थ्यो नि,’ उनले भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस