×
Lagani
Lagani Shiksha gif
नेप्सेमा रुरु जलविद्युतको सेयर मूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?



रुरु जलविद्युत परियोजनाको सेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) गत आर्थिक वर्षको बोनस सेयरका लागि रुरु जलविद्युतको सेयर मूल्य समायोजन गर्दै प्रतिकित्ता ७५१.८२ रुपैयाँ कायम गरेको हो ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा रुरु जलविद्युतको सेयर मूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ८२७ रुपैयाँ थियो । अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले २७ असोजमा बु्क क्लोज गर्ने निर्णय गरेको छ । २६ असोजसम्म कायम सेयरधनीहरू मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन् ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस