×
Lagani
Lagani Shiksha gif
अब ग्राहकलाई निशुल्क आईपीटिभी र राउटर दिए इन्टरनेट सेवा प्रदायकलाई कारबाही हुने।



अबदेखि एउटै प्याकेजमा निशुल्क राउटर , आईपीटिभी  दिन नमिल्ने भएको छ।

एक विज्ञप्ति जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट, आईपीटिभी र राउटर एउटै प्याकेज बनाएर बिक्री गर्ने सेवा प्रदायकलाई कारबाही गर्ने जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk अब ग्राहकलाई निशुल्क आईपीटिभी र राउटर दिए इन्टरनेट सेवा प्रदायकलाई कारबाही हुने।

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले दूरसञ्चार सेवा प्रदान गर्दा प्रतिस्पर्धात्मक वातावरणमा बाधा पुग्ने गरी कुनै पनि कार्य गर्न नपाइने र स्वच्छ व्यापार गर्नु पर्ने कानूनी व्यस्था रहेको छ | साथै कुनै पनि अनुमतिपत्र प्राप्त व्यक्तिलाई एक सेवाबाट प्राप्त आय Cross Subsidy को रुपमा अर्को सेवामा प्रयोग गर्न समेत निषेध गरेको छ |

हाल कतिपय इन्टर्नेट सेवा प्रदायकहरुले इन्टर्नेट सेवा लगायत अन्य सेवा समेत प्रदान गर्दै आईरहेका छन | यसरि इन्टर्नेट सेवा बाहेक अन्य सेवाहरु संचालन गर्ने क्रममा इन्टर्नेट सेवा, आई.पी.टि.भी. सेवा र ONU (Optical Network Unit) तथा राउटरहरुको प्याकेज बनाई केहि सेवा निशुल्क (Free of Cost) समेत प्रदान गर्ने गरि Bundling गरी प्रचार प्रचार गरेको पाईएको छ | यसले गर्दा स्वच्छ बजार प्रतिस्पर्धामा गम्भीर असर पुग्न गएको र जसको कारणबाट Cross Subsidy समेत हुने भएकोले विद्यमान कानूनी व्यवस्था बिपरीत Bundling जस्ता गैरकानूनी कार्य नगर्नु/नगराउनुहुन सरोकारवाला तथा सम्बन्धित सवै दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणले जानकारी गराएको छ ।

साथै विद्यमान कानूनी व्यवस्था बिपरीत गैरकानूनी रुपमा Bundling गरी सेवा संचालन गरेको पाईएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही गरिने व्यहोरा समेत सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई प्राधिकरणले जानकारी गराएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस