×
साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट



साताको पहिलो काराेबार दिन आइतबार बढेकाे सेयर बजार दाेस्राे दिन साेमबार भने गिरावट आएकाे छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अकंले घटेर २०७६.६७ बिन्दुमा काराेबार बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.६१ बिन्दुले बढेर २०८६.३८ बिन्दुमा बन्द भएको थियो ।

आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको एक करोड नाै लाख ८१ हजार पाँच सय ९१ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार पाँच सय ९३ रुपैयाँको कारोबार भएको हो ।

अघिल्लो कारोबार दिनमा भने सेयर बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४८ करोड चार लाख ७३ हजार नाै सय ९८ रुपैयाँको कारोबार भएको थियो ।

सेयर बजारमा आज शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १७ करोड ५८ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो । त्यस्तै, हिमालयन डिस्टलरीको १६ करोड ९० लाख ५१ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख ६७ हजार रुपैयाँ, अरुण काबेली पावरको ११ करोड ७८ लाख ८६ हजार रुपैयाँ र अप्पर तामाकोशी हाइड्रोपावरको ११ करोड ६७ लाख ३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस