×
Lagani
Lagani Shiksha gif
चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले बढ्यो



खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले बढेको छ ।

नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । खुद्रा व्यापारीले पुरानै चिनी ११० देखि १२० रुपैयाँसम्ममा बेच्न थालेपछि उपभोक्ताहरू मरमा परेका छन् । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ ।

सरकारले भने भारतले निर्यातमा रोक लगाएपछि ६ महिनाका लागि पुग्नेगरी नेपालमा नै चिनी रहेको दावी गरेको थियो ।यता नेपाल चिनी उद्योग संघले भने बजारमा उद्योगबाट चिनी ८१ रुपैयाँ किलोमा बिक्री भइरहेको दावी गरेको छ । चिनीको महँगीमा सरकारल हस्तक्षेप नगरे मिठाइ र बिस्कुट उद्योगहरु समस्यामा पर्ने उद्योगीहरुले बताएका छन् ।

होलसेलमा ९५ रुपैयाँ माथि पुगेपछि खुद्रा मूल्य बढ्नु स्वभाविक भएको नेपाली व्यापारीहरुको भनाई छ । अहिले बजारमा चिनी अभाव सृजना गरिएको छ । व्यापारीहरुले चिनी घरभित्र लुकाएका छन् । बढी मूल्य तिर्न तयार भए चिनी बिक्रि गर्ने तर कम मूल्यमा  खरिद गर्न खोजे आफूसँग नभएको भन्दै पठाउने गरेको गुनासो उपभोत्ताहरुको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस