×
Lagani
Lagani Shiksha gif
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

फाइल तस्बिर



गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ ।

पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिनुभयो । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ ।

Lagani Shiksha gif
sharehubapk पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

जहाजको खोजी सुरु भएको गौतमले जानकारी दिनुभयो । नाइन एन-एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कविहीन भएपछि खोजीका लागि दुइटा हेलिकप्टर परिचालन गरिएको छ।

नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट पठाइएको हो भने मुस्ताङमै रहेको निजी हेलिकप्टर खोजीका लागि परिचालन गरिएको छ। फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेटमा हराएको थियो।

 

Screenshot 2022 05 29 120655 पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस