×
Lagani
Lagani Shiksha gif
यस्तो छ मुसिकोटका वडाहरुको अन्तिम मतगणना उपडेट ।



गुल्मीको मुसिकोट नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको मतगणनाको ४ ओटा वडाको मत परिणाम सार्बजनिक भएको छ भने वडा नम्बर ३ र ७ को मत गणना भइरहेको छ ।

हालसम्म प्राप्त जानकारि अनुसार वडानम्बर १ मा एमालेले प्रमुखमा ११४५ उपप्रमुखमा ११३२ मत प्राप्त गरेको छ भने काङ्ग्रेसले प्रमुखमा ११२३ र उप प्रमुखमा १०३५ मत प्रप्त गरेको छ । त्यस्तै वडा नम्बर ९ मा एमालेले प्रमुखमा ३७४ र उपप्रमुखमा ३७३ मत प्राप्त गरेको छ भने काङ्ग्रेसले प्रमुखमा ४६४ र उपप्रमुखमा ४१७ मत प्राप्त गरेको छ ।

Lagani Shiksha gif
sharehubapk यस्तो छ मुसिकोटका वडाहरुको अन्तिम मतगणना उपडेट ।

त्यस्तै वडानम्बर २ मा एमालेले प्रमुखमा ६७४ र उपप्रमुखमा ५५३ मत प्राप्त गरेको छ भने काङ्ग्रेसले प्रमुखमा ९३२ र उपप्रमुखमा १००९ मत प्राप्त गरेको छ ।

साथै वडानम्बर ८ मा प्रमुखमा एमालेको ५५९ र उपप्रमुखमा ५५८ मत रहेको छ भने काङ्ग्रेसको प्रमुखमा ५२८ र नेकपा एस उपप्रमुखमा ४५२ मत रहेको छ । मेयरमासुर्य चिन्हमा २७५२ मत परेको छ भने रुखमा ३०४७ मत रहेको छ । हाल सम्म प्रमुखमा काङ्ग्रेस २९५ मतले अगाडि रहेको छ ।

त्यस्तै उपमेयरमा सुर्यमा २६१६ मत रहेको छ भने कलममा २९७० मत रहेको छ । हाल सम्म समाजवादी ३५४ मतले अगाडि रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस