कपा एकीकृत समाजवादीबाट मन्त्री हुनेहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।
यसअघि रामकुमारी झाँक्रीलाई स्वास्थ्य मन्त्री बनाउने भनिएकोमा उनलाई पर्यटन तथा तथा नागरिक उड्डयनको जिम्मा दिइने भएको छ । यस्तै विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाइने भएको छ ।
एकीकृत समाजवादीबाट खतिवडा, झाँक्री सहित प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् ।
बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो ।
आकांक्षीहरुसँग छलफल गरेपछि तीन जनाको मन्त्रालय हेरफेर भएको स्रोतले बताएको छ । भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन्
प्रतिक्रिया
Subscribe
Login
0 Comments