×
Lagani
Lagani Shiksha gif
प्रदेश १ मा बन्यो नेपालकै ठूलो र लामो विद्युत् प्रसारण लाइन



तमोर र अरुण नदीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न प्रदेश १ कै गौरवको आयोजनाका रूपमा संचालित कोसी कोरिडोर २२० केभी विद्युत् प्रसारण लाइनको काम सकिएको छ ।

सुनसरी जिल्लाको इनरुवादेखि धनकुटा, तेह्रथुम हुँदै संखुवासभाको तुम्लिङ्टारसम्म निर्मित १०६ किलोमिटर लामो प्रसारण लाइन सम्पन्न भएको हो ।

Lagani Shiksha gif
sharehubapk प्रदेश १ मा बन्यो नेपालकै ठूलो र लामो विद्युत् प्रसारण लाइन

निर्माणको ठेक्का लिएको कल्पतरु पावर ट्रान्समिसन लिमिटेड गान्धीनगर इन्डियाले तोकेको समयमा काम पूरा गरेर मंगलबार धनकुटाको हिलेमा एक कार्यक्रम आयोजना गरी नेपाल विद्युत् प्राधिकरणलाई आयोजनाको जिम्मा लगाएको छ ।

एक्जिम बैंकका प्रतिनिधि विश्वजित गर्गले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई साँचो हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै घिसिङले समयमा नै काम गर्न कम्पनी र आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

२२० केभी विद्युत् प्रवाह गर्ने नेपालकै लामो लाइन भएकाले यसले प्रदेश १ र देशलाई महत्त्वपूर्ण सहयोग पुग्ने घिसिङले बताए ।

नेपाल सरकार तथा भारतीय एक्जिम बैंकको चार अर्ब ३० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा सन् २०१६ देखि सुरु भई सन् २०२१ मा प्रसारण लाइनको काम सकिएको हो ।

एक्जिम बैंककै सहुलियतपूर्ण ऋण सहयोगमा सम्पन्न हुने चरणमा रहेका बाँकी दुईवटा आयोजनामध्ये दुई अर्ब ९१ करोड रुपैयाँको लगानीमा संखुवासभाको वसन्तपुर, बानेश्वर, तुम्लिङ्टार र सुनसरीको इनरुवा गरी चारवटा सवस्टेसनको काम ८० प्रतिशत सकिएको जानकारी दिइएको छ ।

त्यस्तै, दुई अर्ब ५० करोड रुपैयाँको लागतमा संखुवासभाको वसन्तपुरबाट ताप्लेजुङको ढुंगेसाँघुसम्मको ३५ किलोमिटरको प्रसारण लाइन र ढुंगेसाँघुमा १३२/३३ केभी क्षमताको सवस्टेसनको काम ७० प्रतिशत सकिएको कार्यक्रममा जानकारी दिइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस