×
Lagani
Lagani Shiksha gif
सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज



सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । बैंकले १५औँ वार्षिक साधारणसभा प्रयोजनार्थ २२ असोजमा बुक क्लोज गर्ने भएको छ । यसअनुसार सिटिजन्सको लाभांंश प्राप्त गर्न बुधबार २० असोजभित्रै सेयरधनी बनिसक्नुपर्नेछ ।

बिहीबार घटस्थापनाका कारण सरकारी विदा परेकाले सेयर बजार बन्द हुने हुँदा लगानीकर्ताले बुधबारै सेयरधनी बनिसक्नुपर्ने भएको हो ।

Lagani Shiksha gif
sharehubapk सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई १२ दशमलव ९१ प्रतिशत बोनस सेयर र तीन दशमलव ०८ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव पेस हुनेछ । बैंकको वार्षिक साधारणसभाको मिति भने तय भइसकेको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस