सिंगटी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने भएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ आईपीओ बाँडफाँड हुने जनाएको छ ।कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो।
बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९.१६ गुणा भन्दा धेरै हो।
माग भन्दाबढी आवेदन परेकोले कम्पनी शेयर न्यूनतम १० कित्ताका दरले वितरण हुनेछ। त्यस अनुसार २ लाख ६९ हजार ७०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्।बाँकि साढे १२ लाखभन्दा बढी आवेदकले भने शेयर नपाउने पक्का देखिएको छ।
आइपियो बाँडफाँड पछी कसरी हेर्ने नतिजा ?
विगतका आईपीओहरुको नतिजा सजिलै हेर्न पाइन्थ्यो । विभिन्न अनलाईन पोर्टलहरुले नतिजा प्रदान गर्ने गरेका थिए । तर महिला लघुवित्तको आईपीओदेखि सिडीएससीले चार ठाँउबाट मात्र नतिजा हेर्न पाइने व्यवस्था गरेको छ । तपाइले नतिजा हेर्नको लागि कुनै एउटा लिंक सेलेक्ट गर्नु पर्ने छ। लिंक भित्र गएपछि आफुले नतिजा हेर्न चाहेको कम्पनीको नाम सेलेक्ट गरेर आफ्नो १६ अंकको दिम्यट नम्बर हान्नु पर्ने छ। त्यस पछी तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।
सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेड को आइपियोको नतिजा हेर्न मिल्ने साइटहरु नाममा क्लिक गरि हेर्नुसक्नु हुने छ :







