×
५ दिन भित्र निस्कासन हुदै आइपियो , कति गर्ने लगानी ?



रुरु जलविद्युत परियोजनाले चैत्र २० गतेदेखि सर्बसाधारणलाई दोस्रो चरणको आईपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले निस्कासन गर्ने कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई, र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको ३ लाख ७९ हजार १ सय ६७ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।Screenshot 2021 03 27 080254 ५ दिन भित्र निस्कासन हुदै आइपियो , कति गर्ने लगानी ?

कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा यी शेयर बिक्रि गर्ने भएको छ  । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्ढाहरूको लागि निष्काशन गरिएको साधारण शैयरको बाँडफाँड तथा फिर्ता भुक्तानी गरिसकेको छ।Screenshot 2021 03 27 080321 ५ दिन भित्र निस्कासन हुदै आइपियो , कति गर्ने लगानी ?

आयोजनाबाट प्राप्त हुने आयमा १० बर्ष (आ.व. २०८१/२०८२ सालसम्म) आयकर छुट तथा सो पश्चात्‌ ५ वर्षको लागि ५० प्रतिशत आयकर छुट प्राप्त भएको हुँदा लाभांश दर बढी रहेको कम्पनीले जनाएको छ । कम्पनीसंग दक्ष युवा जनशक्ति रहेकोले यो कम्पनी नेपालमा जलविद्युत आयोजनाको विकास र मिर्माणको काममा सफल साथै जलविद्युतको क्षेत्रमा अध्ययन अनुसन्धान तथा विकास कार्यमा योजनाबद्ध ढंगले समर्पित भएर काम गरिरहेको यस कम्पनीको भविष्य उज्ज्वल रहेको कम्पनीले जनाएको हो।

Screenshot 2021 03 27 080404 ५ दिन भित्र निस्कासन हुदै आइपियो , कति गर्ने लगानी ?

रू रू जलविद्युत परियोजना लिमिटेडको आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका स्थानीय बासिन्दाहरूलाई रू.१००|- अंकित दरका ४,०७,७०५ कित्ता साधारण शेयरहरू एनएमबि क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिति २०७७/११/०७ गतेदेखि मिति २०७७/११/२१ गतेसम्म बिक्री खुल्ला गरिएकोमा सो अवधी भित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम उक्त कम्पनीको ४,०७,७०५ कित्ता साधारण शेयरहरू मिति २०७७/१२/९ गते सोमबार बाँडफाँड गरेको छ ।

Screenshot 2021 03 27 080928 ५ दिन भित्र निस्कासन हुदै आइपियो , कति गर्ने लगानी ?

कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ ।कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस