×
Lagani
Lagani Shiksha gif
केहि दिनमा निस्कासन हुदै आइपियो , कति दिने आवेदन ?



रुरु जलविद्युत परियोजनाले चैत्र २० गतेदेखि सर्बसाधारणलाई दोस्रो चरणको आईपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले निस्कासन गर्ने कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई, र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको ३ लाख ७९ हजार १ सय ६७ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।Screenshot 2021 03 27 080254 केहि दिनमा निस्कासन हुदै आइपियो , कति दिने आवेदन ?

Lagani Shiksha gif
sharehubapk केहि दिनमा निस्कासन हुदै आइपियो , कति दिने आवेदन ?

कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा यी शेयर बिक्रि गर्ने भएको छ  । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्ढाहरूको लागि निष्काशन गरिएको साधारण शैयरको बाँडफाँड तथा फिर्ता भुक्तानी गरिसकेको छ।Screenshot 2021 03 27 080321 केहि दिनमा निस्कासन हुदै आइपियो , कति दिने आवेदन ?

आयोजनाबाट प्राप्त हुने आयमा १० बर्ष (आ.व. २०८१/२०८२ सालसम्म) आयकर छुट तथा सो पश्चात्‌ ५ वर्षको लागि ५० प्रतिशत आयकर छुट प्राप्त भएको हुँदा लाभांश दर बढी रहेको कम्पनीले जनाएको छ । कम्पनीसंग दक्ष युवा जनशक्ति रहेकोले यो कम्पनी नेपालमा जलविद्युत आयोजनाको विकास र मिर्माणको काममा सफल साथै जलविद्युतको क्षेत्रमा अध्ययन अनुसन्धान तथा विकास कार्यमा योजनाबद्ध ढंगले समर्पित भएर काम गरिरहेको यस कम्पनीको भविष्य उज्ज्वल रहेको कम्पनीले जनाएको हो।

Screenshot 2021 03 27 080404 केहि दिनमा निस्कासन हुदै आइपियो , कति दिने आवेदन ?

रू रू जलविद्युत परियोजना लिमिटेडको आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका स्थानीय बासिन्दाहरूलाई रू.१००|- अंकित दरका ४,०७,७०५ कित्ता साधारण शेयरहरू एनएमबि क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिति २०७७/११/०७ गतेदेखि मिति २०७७/११/२१ गतेसम्म बिक्री खुल्ला गरिएकोमा सो अवधी भित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम उक्त कम्पनीको ४,०७,७०५ कित्ता साधारण शेयरहरू मिति २०७७/१२/९ गते सोमबार बाँडफाँड गरेको छ ।

Screenshot 2021 03 27 080928 केहि दिनमा निस्कासन हुदै आइपियो , कति दिने आवेदन ?

कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ ।कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस