सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
यस हाइड्रोपावर कम्पनीले ९ लाख कित्ता शेयर निष्काशन गर्ने गरि आवेदन दिएको हो । स्थानीयलाई पनि कम्पनीको शेयर छुट्टाइने कम्पनीले जानकारी दिएको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा रु. ९ करोड बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो ।आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
यो पनि पढ्नुहोस :
हप्ताको अन्तिम दिन आज कारोबार सुरु भएको केहि मिनेटमै चन्द्रागिरी हिल्सको शेयर मूल्यमा सर्किट लागेको छ ।कारोबार सुरु भएको पहिलो मिनेटमै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।नेप्सेमा सुचिकृत भएपछी कम्पनीको मूल्य लगातार सर्किट लागेको हो। समाचार तयार पार्दासम्म कम्पनीको २६ हजार कित्ता शेयर कारोबार भैसकेको छ। लाख २२ हजार खरिद माग रहेको छ। १९८४ मा कारोबार सुरु भएको आज २०७९ मा कारोबार भएको छ भने हाल पनि २०७९ मै कारोबार भएको छ।
कम्पनीले सर्वसाधारणका लागि भने १३ लाख ९६ हजार २२ कित्ता आइपीओ निश्कासन गरेको थियो । आईपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३९ हजार ८९५ जनाको आवेदन बदर भएको थियो।
यस आधारमा १ लाख ३९ हजार ६०० जना आवेदकले १० कित्ताका दरले र २ भाग्यमानीले ११ कित्ताको दरले सेयर पाएका थिए ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो । कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणको लागि छुत्ताइएको थियो ।











