एनसेलले पनि सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएका छ । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल गत साउन तेस्रो साता एनसेल पब्लिक कम्पनीमा गएको जनाएको थियो ।
कम्पनी ऐन २०६३ को दफा १२ ले रु.५ करोडभन्दा बढी चुक्ता पूँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता हुनपर्ने व्यवस्था गरेबमोजिम एनसेल पब्लिक लिमिटेड बनेको हो। एनसेलको चुक्ता पूँजी रु. १० करोड छ।त्यस्तै विगत केहि बर्षदेखि आईपीओ निष्काशन गर्ने चर्चा चलेपनि एनसेलको पुँजीगत लाभकर विवादका कारण कुनैपनि कार्य अघि बढाउन सकेको थिएन् । एनसेलले लाभकर विवाद टुङ्ग्याएपछि पब्लिक कम्पनीमा गएको थियो ।
एनसेलले गएको आर्थिक वर्ष २०७६/७७ मा रु. ३३ अर्ब ९५ करोड आयकर तिरेको छ। यसमा एनसेलको स्वामित्व खरीद-बिक्री हुँदाको करीब रु. २२ अर्ब आयकर पनि जोडिएको छ। यो रकम घटाउँदा पनि एनसेलले गएको वर्षको नाफाबाट झण्डै रु. १२ अर्ब आयकर सरकारलाई बुझाएको छ।
त्यसैगरी १० करोड चुक्तापूँजी रहेको एनसेलले शेयर जारी गर्ने प्रक्रियामा अगाडी बढिसकेको बताएको छ । एनसेलले शेयर निष्काशनको बिषयमा धितोपत्र बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय गरिरहे एनसेलका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार ‘के-कति शेयर निष्काशन गर्ने भन्ने बिषय छलफलकै क्रममा रहेकाले खुलाउन मिल्दैन’ ।
यो पनि पढ्नुहोस ;
आज भोलि आइपियोमा लगानीकर्ताको चासो बढे पनि सहि तरिकाले आवेदन दिन नजानेर धेरैको IPO रद्ध हुने गर्दछ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आइपियो निस्कासन गरेको बेला हामि तपाइलाइ सहि तरिकाले आइपियोमा आवेदन दिने तरिका सिकाउदै छौ। सर्ब प्रथम अनलाइनबाट आइपियो भर्न तपाइले बैकबाट मेरो शेयर युजरनेम र पासवर्ड लिनु पर्ने हुन्छ भने CRN नम्बर पनि लिनु पर्ने हुन्छ।
आइपियो भर्न तपाइले मेरो शेयर एप साथै वेव पनि प्रयोग गर्न सक्नु हुने छ। वेब बाट आइपियो भर्न तपाइले आफ्नो क्रोम ब्राउजरम meroshare.cdsc.com.np इन्टर गर्नु पर्ने हुन्छ भने एप बात भर्ना एप् ओपन पर्ने हुन्छ । त्यसपछी तपाइले आफुले (DMAT )दिम्यात बनाएको बैंक को नाम सेलेक्ट गर्नुहोस् ।
बैंकले दिएको युसर नेम र पासवर्ड हालेर लग इनमा क्लिक गर्नुहोस। तपाइले पहिलो चोटि मेरोशेयर खोल्दै हुनु हुन्छ भने चार अंकको पिन पनि बनाउनु पर्ने हुन्छ जुन पछी आइपियो भर्न प्रयोग हुने गर्छ। त्यसपछि मेरो शेयरको dashboard ओपन हुने छ। dashboard ओपन भएसी माइ अस्बा ( my asba ) मा क्लिक गर्नुहोला।
currnet issue मा अहिले बिक्रि भइ रहेको शेयरको बारेमा दे
ख्न सक्नु हुने छ। त्यसपछि तपाइले apply for issue मा क्लिक गर्नुहोस। त्यहा आफुले खरिद गर्न चाहेको कम्पनि रोजेर apply मा क्लिक गर्नुहोस। क्लिक गरिपछि तपाइले आफ्नो बैंक सेलेक्ट गर्नुहोस र applied kittaa मा आफुले खरिद गर्न चाहेको कित्ता हाल्नुहोस।
आफ्नो बैंकले दिएको crn नम्बर हालेर तल टिक गरि proceed मा क्लिक गर्नुहोस। त्यसपछि आफुले सुरुमा बनाएको ४ अंकको पिन हान्नुहोस। अनि तपाइको शेयर को आवेदन पुरा हुने छ। तपाइलाइ शेयर परेपछि परे वापतको पैसा काटिने छ भने नपरेको पैसा तपाइको खातामै रहने छ।याद राख्नुहोस तपाइले आवेदन दिदा आवेदन दिएको बराबरको पैसा तपाइको बैंक खातामा हुनु पर्ने छ। यदि तपाइको दुइ वटा दिम्याट खाता छ भने एउटा बाट मात्र आवेदन दिनु होला नत्र तपाइको आवेदन रद्ध हुने छ।








